आज दिउँसो प्रतिनिधिसभाको बैठक बस्दै

जनकपुरधाम । आज बस्ने प्रतिनिधिसभाको बैठकमा सरकारले दुईवटा वार्षिक प्रतिवेदन पेश गर्दैछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले न्याय परिषद र न्याय सेवा आयोगको आर्थिक वर्ष २०७६, ०७७ को वार्षिक प्रतिवेदनहरु र महान्यायधिवक्ताको आर्थिक वर्ष २०७६, ०७७ को वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ ।

आज दिउँसो १ बजे बोलाइएको बैठकमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति बिमलप्रसाद श्रीवास्तवले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको वार्षिक प्रतिवेदन, २०७७ पनि पेश गर्ने सम्भावित कार्यसूचिमा उल्लेख छ ।

Author:



क्याटोगरी छान्‍नुहोस