पत्रकार महासंघ धनुषाका सचिवसहित सञ्चारकर्मीहरु प्रेस मञ्चमा प्रवेश

जनकपुरधाम, १० चैत । नेपाल पत्रकार महासंघ शाखा धनुषाका सचिवसहितका सञ्चारकर्मीहरु पनि प्रेस मञ्च नेपालमा प्रवेश गरेका छन् ।

मंगलवार आयोजित एक कार्यक्रमका बीच सचिव पुरन साहसहित २२ जना सञ्चारकर्मीहरु प्रेस मञ्च नेपालमा प्रवेश गरेका हुन् ।

यसअघि गत शनिवार मात्रै सप्तरीका आधा दर्जनभन्दा बढी सञ्चारकर्मीहरु मञ्चमा प्रवेश गरेका थिए । नेपाल पत्रकार महासंघको निर्वाचन यही चैत २५ गते हुन गइहरेको छ । निर्वाचनमा मञ्चले प्रदेश २ का अधिकांस जिल्लामा नेतृत्वमा पुग्ने मञ्चका प्रदेश कार्यवाहक अध्यक्ष सुरेश यादवको दावी छ ।

Author:



क्याटोगरी छान्‍नुहोस