भारतमा रोकिए कोरोना खोप निर्यात

जनकपुरधाम । भारतले तत्काललाई कोरोना खोप (भ्याक्सिन) निर्यातमा रोक लगाएको छ । बीबीसी हिन्दीमा जनाएअनुसार आफ्नै मुलुकमा संक्रमण बढ्न थालेपछि भारतले अक्फोर्ड–एस्ट्राजेनेकाद्वारा विकसित कोभिशील्ड भ्याक्सिन निर्यातमा रोक लगाएको हो ।

बुधवार मात्रै ४७ हजारमा संक्रमण देखिएको छ भने संक्रमणबाट २७५ जनाको मृत्यु भइसकेको समाचारमा उल्लेख छ ।

भारतले निर्यातमा रोक लगाउदा कोभ्याक्स योजनाअन्तर्गत खोप प्राप्त गर्ने १९० देशलाई असर पर्नेछ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को नेतृत्वमा कोभ्याक्सअन्तर्गत सबै देशमा भ्याक्सिन उपलब्धता सुनिश्चित गर्ने लक्ष्य छ । भारतले अहिलेसम्म ७६ देशमा ६ करोड खोज खोप पठाइसकेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस