सप्तरीमा भन्सार छलि गरी ल्याइएको सामग्रीसहित भारतीय नागरिक पक्राउ

उमेश कुमार साह
बोदे बरसाइन, १२ चैत । सप्तरी प्रहरीले भारतबाट भन्सार छलि गरी नेपाल भित्रियाइएको एलिबेस्टर (घरमा छाना लगाउने सामग्री) र एलिबेस्टर ल्याउन प्रयोग गरिएको बैलगाडासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

गस्तीमा खटिएको ईलाका प्रहरी कार्यालय बोदे बरसाईनका प्रहरी नायव निरक्षक अरुणकुमार सिंह नेतृत्वको टोलीले बोदे बरसाईन नगरपालिका–६ खमगडा मलहनियाँबाट सो सामग्रीसहित भारतीय नागरिकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा विहार मधुबनीका बालुवा निवासी ७० वर्षीय रामबिलास साह छन् । साहसहित भन्सार छलि गरी ल्याएको डेढ लाख रुपैयाँ बराबरको सामग्री आवश्यक कारवाहीको लागि भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस