एमाले–जसपाबीच वार्ताः विचाराधीन मुद्दा फिर्ता गर्ने सहमति

जनकपुरधाम । प्रधानमन्त्री एवं नकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार सुरक्षित राख्न जनता समाजवादी पार्टी (जसपा) नेपालसँग वार्ता जारी राखेका छन् । सत्ता साझेदारीका लागि जसपाले राखेका माग पूरा गर्न सरकार र (जसपा) को संयुक्त कार्यदलको बैठक बुधवार बसेको थियो ।

जसपा नेता लक्ष्मणलाल कर्णका अनुसार बैठकमा माग कसरी सम्बोधन गर्ने भन्ने विषयमा छलफल भएको थियो । अदालतमा विचाराधीन मुद्दा फिर्ता गर्ने सहमति भएको छ । अन्य माग पूरा गर्ने विषयमा छलफल भइरहेको छ,’ कर्णले भने, ‘कुरा सकारात्मक छ ।

जसपा नेता केशव झाले पनि सरकारसँगको वार्ता सकारात्मक भएको बताए । उनले भने, ‘जसले माग पूरा गर्छ, हामी त्यसैलाई समर्थन गर्छौं ।

जसपाको समर्थनमा सरकार टिकाउन उसले राखेको माग पूरा गर्ने बारेमा प्रधानमन्त्री ओलीले पनि पटक–पटक शीर्ष नेताहरुसँग कुराकानी गरेका छन् । यो खबर आजको नागरिक दैनिकमा छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780