‘वायु प्रदूषण न्यूनिकरण गर्न तत्कालीन र दीर्घकालीन उपाय अपनाउनुस्’

जनकपुरधाम । राष्ट्रिय मानव अधिकार आयोगले बढ्दो वायु प्रदूषणका कारण नागरिकको स्वास्थ्यमा असर परिरहेको भन्दै यसलाई न्यूनिकरण गर्न तत्कालीन तथा दीर्घकालीन उपायहरुको अवलम्बन गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

विहिवार आयोगका प्रवक्ता डा.टीकाराम पोखरेलले विज्ञप्ति जारी गर्दै वायु प्रदूषण तथा प्राकृतिक विपद्को जोखिम न्यूनीकरण गर्दै नागरिकको स्वच्छ वातावरणमा बाँच्न पाउने हकको संरक्षणार्थ तत्कालीन तथा दीर्घकालीन उपायहरूको अवलम्बन गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

विज्ञहरुसँग गरेको परामर्शअनुसार वायु प्रदूषणबाट हुनसक्ने जोखिमलाई न्यूनीकरण गर्न सकिने आयोगको विज्ञप्तिमा छ । हालै देखिएको अत्यधिक डढेलोलाई नियन्त्रण गर्न, घर तथा कृषि कार्यबाट निस्कने फोहर जलाउने काममा नियन्त्रण गर्न र सवारी साधनको प्रयोगलाई सम्भव भएसम्म कम गरी वायु प्रदूषणको अवस्थामा तत्काल सुधार ल्याउन सकिन्छ ।

गत शुक्रबारदेखि काठमाडौं उपत्यकालगायत मुलुकका विभिन्न स्थानमा बढिरहेको वायु प्रदूषणका कारण नागरिकको स्वास्थ्यमा असर परेको थियो । यस सम्बन्धमा आयोगले नियमितरूपमा अनुगमन गर्नुका साथै आयोगमा सरोकारवालासँग छलफल गरेको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780