प्रदेश २ मा सक्रिय कोरोना संक्रमितको संख्या १ सय नाघ्यो

जनकपुरधाम । प्रदेश २ मा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा पर्सामा १० र बारा ५ गरी १५ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ३७ जनाको पिसीआर परीक्षण गरिएकोमा १५ जनामा संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का वरिष्ठ चिकित्सक डा.कमलेश प्रसाद यादवले जानकारी दिए ।

योसँगै प्रदेश २ मा सक्रिय संक्रमितको संख्या १ सय नाघेको छ । डा.यादवका हाल १०७ जना सक्रिय संक्रमित छन् । सवैभन्दा बढी पर्सामा ५५, बारामा ३१, धनुषामा १२, महोत्तरीमा ४, सर्लाहीमा २, सिरहा, सप्तरी र रौतहटमा १–१ जना सक्रिय संक्रमित छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस