डिक्काद्वारा पत्रकार महासंघमा निर्वाचित मण्डल सम्मानित

राजविराज, २८ चैत । डिक्का महासंघ जिल्ला कार्य समिति सप्तरीको दोस्रो सम्मेलन शनिवार सम्पन्न भएको छ । जिल्ला संयोजक रामनारायण मण्डलको अध्यक्षता तथा केन्द्रीय संयोजक अनिल सदाको प्रमुख आतिथ्यमा सम्मेलनको आयोजना गरिएको हो ।

डेढ दशकपछि आयोजना गरिएको सो सम्मेलनमा प्रमुख अतिथी सदाले धानुक, केवट, कुर्मी र अमात जातीको संरक्षण सम्बद्धनमा जोड दिए । २०५५ सालमा स्थापना भएको महासंघको तेस्रो सम्मेलन भने ०७८ भित्र सम्पन्न गर्ने जनाएको छ ।

सोही कार्यक्रममा नेपाल पत्रकार महासंघ शाखा सप्तरीको जनजाति सदस्यमा निर्वाचित कृष्ण कुमार मण्डललाई सम्मान गरिएको छ । केन्द्रीय संयोजक सदा एवं जिल्ला संयोजक मण्डलले संयुक्त रुपमा पत्रकार मण्डललाई मालासहित दोसलाले सम्मान गरेका छन् ।

सम्मेलनमा जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्यद्वय गजेन्द्र मण्डल र अमरनाथ मण्डल, माओवादी केन्द्रका नेता अशोक कुमार मण्डल, छिन्नमस्ता गाउँपालिकाका उपप्रमुख उषाकुमारी मण्डल, डिक्का महासंघका केन्द्रिय सदस्य गजाधार मण्डल, महोत्तरीका क्षेत्रिय अध्यक्ष रामेश्वर मण्डल, धनुषाका जिल्ला अध्यक्ष उमेश कुमार मण्डल, उपाध्यक्ष सत्यनारायण मण्डल, पूर्व डिएसपी उपेन्द्र मण्डल, वरिष्ठ पत्रकार विष्णु मण्डल, तिलाठी कोइलाडी गाउँपालिका–२ का वडाध्यक्ष खगेन्द्र मण्डल, विष्णुपुर गाउँपालिका–५ का वडाध्यक्ष जिवछ मण्डल, राजविराज नगरपालिका–८ का वडाध्यक्ष जयनारायण मण्डल, नेपाल अमात्य महासंघका रामकुमार रायलगायतले शुभकामना दिएका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस