थप ३३७ मा कोरोना संक्रमण, एक जनाको मृत्यु

जनकपुरधाम, २८ चैत । नेपालमा थप ३३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ हजार ५३२ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ३३७ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित अद्यावधिक गर्दै सोसँगै अहिलेसम्म संक्रमितको संख्या २ लाख ७९ हजार ७२५ पुगेको जनाएको छ । सोही अवधिमा १५१ जना संक्रमणमुक्त भएका छन् ।

योसँगै निको हुनेको संख्या २ लाख ७३ हजार ८८६ पुगेको छ । यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । योसँगै अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ३९ पुगेको मन्त्रालयले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस