इपपील्याण्ड पार्कमा पर्यटकको आकर्षण बढ्दै , स्थानीयलाई प्रवेश शुल्कमा छुट

इटहरी । नयाँ वर्षको अवसर पारेर पुर्वी नेपालको इटहरीमा रहेको इप्पील्याण्ड वाटर पार्कले स्थानीयलाई छुटको व्यवस्था मिलाएको छ । हिउँको आनन्द समेत लिन सकिने नेपालकै पहिलो वाटर पार्क इपपील्याण्ड पार्क आसपास रहेको इटहरी उपमहानगरपालिका वडा नम्बर २ र ३का स्थानीयलाई प्रवेश शुल्कमा छुट दिने भएको हो ।

इपपील्याण्ड पार्क प्रवेश शुल्क ७सय ५० लिदै आएकोमा स्थानीयहरुलाई नयाँ वर्षको अवसर पारेर ५सय रुपैया मात्र लिने व्यवस्था मिलाएको पार्कका सञ्चालक मध्येका ज्ञानविक्रम शाहले जानकारी दिए ।

उनले पार्क प्रवेश शुल्क तिरी सकेपछि पार्क भित्र मनोरञ्जनका लागि जिपलाईन र  एडभेन्चर खेल वाहेकका लागि शुल्क तिर्नु नपर्ने समेत वताए । गत फागुन महिनाबाट सञ्चालनमा आएको इपपील्याण्ड पार्कमा पछिल्लो समय टाढाटाढा देखि मनोरञ्जनका लागि आउन थालेका छन ।

करिव ३० करोडको लगानीमा स्थापना भएको इप्पील्याण्ड फागुन महिनाबाट करिव ६ विगाहा क्षेत्रफलमा निर्माण गरिएको वाटर पार्कमा एकै पटक ५ हजार जनाले अवलोकन गर्न सक्ने क्षमता रहेको सञ्चालकले वताएका छन् ।

इप्पील्याण्डमा वाटर स्लाईड, जिपलाईन, रक क्याम्बीङ,जुरासिकपार्क लगायतका विभिन्न खेल तथा मनोरञ्जनका साधनहरु रहेका छन ।

Author:



क्याटोगरी छान्‍नुहोस