सिसिएमसीको बैठक बस्दै, विद्यालय बन्दसम्बन्धी निर्णय हुन सक्ने

जनकपुरधाम । पछिल्लो समय बढेको कोरोना संक्रमण तथा त्यसको असरबारे समीक्षा गर्न सिसिएमसीको बैठक बस्ने भएको छ।

दिउँसो २ बजे सिंहदरवारमा बस्ने बैठक स्वास्थ्य मन्त्रायलको विद्यालय बन्द गर्ने विषयको छलफलमा केन्द्रित रहने सिसिएमसीका सचिव खगराज बरालले बताए ।

पछिल्लो समय कोरोना संक्रमण बढेको र ससाना बालबालिकामा समेत अत्यधिक असर देखिएको भन्दै स्वास्थ्य मन्त्रायलयले यसअघि नै एक महिना विद्यालय बन्द गर्ने प्रस्ताव गरेको थियो।

सरोकारवालाले तत्काल विद्यालय बन्द गर्न नहुने बताउँदै आएका छन्।

आजको बैठक पछिल्लो समय भयावह बनदै गएको कोरोनाको स्थिति तथा नियन्त्रणमा गर्न सकिने प्रयासका विषयमा छलफल हुने सचिव बरालले बताए।

आजको बैठकले महामारीको जोखिम बढेको क्षेत्रमा गर्न सकिने नियन्त्रणका विषयमा समेत छलफल गर्ने उनको भनाइ छ।

Author:



क्याटोगरी छान्‍नुहोस