क्लिनिकमा लागुऔषधको कारोबार, सप्तरीका सुबोध पक्राउ

राजविराज, ४ वैशाख । मेडिकल पोली क्लिनिकमा लागु औषध विक्री गरिरहेका एक व्यक्तिलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सप्तरीको तिरहुत गाउँपालिका–२ मैनाकडेरीका २६ वर्षीय सुबोध यादव छन् ।

उनी उदयपुरको बेलका नगरपालिका–१ आम्बासीस्थित बेलका मेडिकल पोली क्लिनिक प्रालि सञ्चालन गर्दै आएका छन् । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट गए राति खटिएको प्रहरीले क्लिनिकमा खानतलासी गर्दा ठुलो परिमाणमा लागुऔषध फेला परेको १ नम्वर प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

क्लिनिकबाट ट्रामाडोल हाइड्रोक्लोराइड ट्याब्लेट १९८ वटा, डाइसाइक्लोमाइन हाइड्रोक्लोराइड ट्याब्लेट ५१५ वटा, कोफट्याब–डी ३०५ वटा, ट्रामाडोल हाइड्रोक्लोराइड ओपिडोल ट्याब्लेट १ हजार ५०२ वटा, प्रिगोट किट ट्याब्लेट १० वटा बरामद भएको छ ।

यसैगरी सिल्डेनेफिल ट्याब्लेट ४ वटा र जूनुग्रा रेड ट्याब्लेट १२ वटा तथा एक लाख ७० हजार रुपैयाँसहित यादवलाई नियन्त्रणमा लिइएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस