अभिनेता विवेकको निधन

जनकपुरधाम, ४ वैशाख । तमिल सिनेमाका अभिनेता विवेकको शनिवार निधन भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार उनको ५९ वर्षको निधन भएको हो । विहिवार उनलाई हर्ट अट्याक भएपछि चेन्नईस्थित सीम्स अस्पतालमा भर्ना गरिएको थियो ।

उपचारकै क्रममा उनमा शुक्रवार विहान उनको निधन भएको छ । जागरण दैनिकको अनलाइन संस्करणमा उल्लेख भएअनुसार विवेकले गत बुधवार कोरोना विरुद्धको खोप लगाएका थिए । यद्यपी, खोपकै साइड इफेक्टले उनमा समस्या देखिएको विषयमा यकिन हुन सकेको छैन् । उनी तमिल फिल्ममा कमेडियन कलाकारका रुपमा परिचित छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस