सप्तरीका दुईसहित नक्कली पिसिआर रिपोर्ट बनाउने ८ जना पक्राउ

राजविराज, ७ वैशाख । काठमाडौंको सिनामंगलस्थित सुरिया हेल्थकेयर र मेरिट मल्टी केयर मेडिकल सेन्टर प्रालिले नक्कली पिसिआर रिपोर्ट बनाउने गरेको खुलेको छ । महानगरीय अपराध महाशाखाले मंगलवार दुवै प्रालिका सञ्चालक र कर्मचारी गरी आठ जनालाई नक्कली पिसिआर रिपोर्टसहित पक्राउ परेपछि सो कुरा बाहिरिएको हो ।

बैदेशिक रोजगारीमा जानेहरुबाट अत्यधिक रकम लिएर नक्कली पिसिआर रिपोर्ट बनाउने गरेको महानगरीय अपराध महाशाखाले जनाएको छ । सुरिया हेल्थकेयर प्रा.लि.का संचालक डा.सि.पी. श्रीकुमार र मेरिट मल्टी केयरका संचालक प्रकाश रायमाझी भन्ने चित्र रायमाझीले बैदेशिक रोजगारीमा जाने व्यक्तिहरुका लागि आवश्यक पर्ने पिसिआर रिपोर्ट नेपाल सरकारले तोकेभन्दा अत्यधिक रकम लिई स्वाबको नमुना समेत नलिई दिने गरेको खुलेको महाशाखाले जनाएको छ ।

पक्राउ पर्ने अन्यमा सप्तरी राजबिराज नगरपालिका–१३ घर भई हाल ललितपुर इमाडोल बस्ने ३२ वर्षीय प्रमोद कुमार यादव, सप्तरीकै मधेपुरा–१ घर भई हाल ललितपुर धापाखेल बस्ने ४४ वर्षीय डा.खेलानन्द प्रसाद सिंह, महोत्तरी गौशाला–१ का ५० वर्षीय प्रदिप कुमार गिरी र २२ वर्षीय बादल मिरिङछिङ, महोत्तरी सोनाम–६ घर भई हाल सिनामंगल बस्ने २५ वर्षीय अमन कुमार यादव, मोरङ बिराटनगर–३ घर भई अनामनगर बस्ने ३२ वर्षीय वजेश पोख्रेल र दोलखा बैतेश्वरी–५ घर भई चाबहिल बस्ने २२ वर्षीय सरोज क्षेत्री छन्।

नमुनासमेत नलिई एक–दुई घण्टा मै नक्कली रिपोर्ट दिने गरेको महाशाखाले जनाएको छ । प्रहरीले दुवै संस्थाबाट कम्प्यूटर लगायतका उपकरण समेत नियन्त्रणमा लिइ थप अनुसन्धानको लागि राष्ट्रिय जन स्वास्थ्य प्रयोगशाला टेकुको प्रतिनिधिको रोहबरमा सुरिया हेल्थकेयर प्रा।लि।को सेवा हाल लाई बन्द गरिएको जनाएको छ ।

प्रारम्भिक अनुसन्धानबाट खुल्न आए अनुसार मेरिट मल्टी केयर मेडिकल सेन्टरका ऐजेन्टहरुले सेवाग्राहीसँग प्रतिव्यक्ति ९ हजार रुपैयाँ लिएर सुरिया हेल्थकेयरको मिलोमतोमा विना स्वाब परीक्षण नै नक्कली रिपोर्ट बनाई दिने गरेको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780