भारतमा एकै दिन झन्डै तीन लाखमा देखियो कोरोना

जनकपुरधाम । भारतमा कोरोना संक्रमण दरमा दिनहुँ नयाँ रेकर्ड कायम भइरहेको छ । पछिल्लो २४ घण्टामा २ लाख ९४ हजार २९० जना संक्रमित थपिएका छन्। यो संख्या विश्वकै सबैभन्दा बढी हो। सोही अवधिमा २ हजार २० जना कोरोना संक्रमितको मृत्यु भएको छ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार अघिल्लो २४ घण्टामा २ लाख ५९ हजार १७० जनामा संक्रमण देखिएको थियो भने १ हजार ७६९ जनाको मृत्यु भएको थियो । भारतमा अहिलेसम्म कुल संक्रमितको संख्या १ करोड ५६ हजार नाघेको छ । १ लाख ८२ हजारको मृत्यु नै भइसकेको छ ।

संक्रमितको संख्या बढेसँगै कोरोनाका कारण गम्भीर विरामी हुनेको संख्या पनि बढेको छ । कोरोना संक्रमणपछि गम्भीर प्रकृतिको न्युमोनिया भएका विरामीहरु अक्सिजन समेत अभाव हुन थालेको छ । अस्पताल पुर्‍याउन एम्बुलेन्स नपाउने, अस्पतालमा शैया र औषधि नपाएर मृत्यु हुनेको संख्या दिनप्रति दिन बढिरहेको समाचारमा उल्लेख छ ।

पछिल्लो २४ घन्टामा मात्रै भारतमा कोरोना संक्रमणका कारण २ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ ।

भारतमा हालसम्म संक्रमणकै कारण मृत्यु हुनेको संख्या १ करोड ८२ हजार नाघेको छ । विश्वमै अमेरिकापछि दोस्रो बढी प्रभावित मुलुक भारतमा हालसम्म १ करोड ५६ लाखभन्दा बढी संक्रमित भइसकेका छन् । दैनिक संक्रमितको संख्याका आधारमा भारत विश्वमै सबैभन्दा प्रभावित छ ।

Author:



क्याटोगरी छान्‍नुहोस