सुनको मूल्य १३ सयले बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

जनकपुरधाम । नेपाली बजारमा आज सुन र चाँदीको मूल्य वृद्धि भएको छ । मंगलवार प्रतितोला छापावाला सुनको मूल्य ९० हजार ७ सय रहेको थियो ।

आज भने सुनको मूल्य तोलमा १३ सयले वृद्धि भएर ९२ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी आज प्रतितोला तेजावी सुनको मूल्य ९१ हजार ५ सय रहेको छ । आज प्रतितोला चाँदीको मूल्य १० रुपैयाँले बढेको छ । मंगलवार प्रतितोला चाँदीको मूल्य १३ सय रहेको थियो भने आज मूल्य वृद्धि भएर चाँदीको मूल्य १३ सय १० कायम भएको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस