कोरोनाबाट ४२ वर्षीय पुरुषको मृत्यु

वीरगन्ज । वीरगन्जमा बुधबार थप एक संक्रमित पुरुषको मृत्यु भएको छ। वीरगन्ज नारायणी बयोधा अस्पतालमा सर्लाहीका संक्रमित पुरुषको उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको हो । सर्लाहीको मलंगवा नगरपालिका- २ का ४२ वर्षीय संक्रमित पुरुषको बुधबार बिहान १० बजे मृत्यु भएको नारायणी अस्पतालका कोभिड कोर्डिनेटर डाक्टर सरोज रोशन दासले जानकारी दिए ।

उनकाअनुसार निमोनियाबाट ग्रसीत ती पुरुष उपचारका लागि मङगलबार नारायणी अस्पतालमा भर्ना भएका थिए। कोरोनाको आशंका भएपछि मङगलवार नै एन्टिजेन प्रविधिबाट कोरोनाको परिक्षण गर्दा उनमा कोरोनाको संक्रमण पुष्टि भएको थियो। योसँगै कोरोनाको दोस्रो लहर शुरु भए यता वीरगन्जमा ७ जना संक्रमितको मृत्यु भइसकेको छ ।

वीरगन्जको नारायणी अस्पतालमा ५ जना र नारायणी बयोधा अस्पतालमा २ जनाको मृत्यु भएको डाक्टर दासले बताए। मृत्यु हुने ७ जना पर्साका ५ जना तथा बारा र सर्लाहीका १/१ जना हुन् ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780