कोरोनाबाट ६१ वर्षीय महिलाको मृत्यु

वीरगन्ज । कोरोना संक्रमणका कारण वीरगन्जमा थप एक महिलाको बिहीबार मृत्यु भएको छ । ज्यान गुमाउनेमा वीरगन्ज महानगरपालिका १६ निवासी ६१ वर्षकी महिलाको मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डाक्टर सरोज रोशन दासले जानकारी दिए ।

नारायणी अस्पतालमै उपचाररत ती महिलाको बिहिबार बिहान सवा एक बजे मृत्यु भएको दासले बताए । गएको बैशाख ३ गते ती महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

स्वास्थमा समस्या देखिएपछी सन्क्रमित महिलालाई उपचारको लागि गएको मंगलबार नारायणी अस्पतालमा भर्ना गरिएको थियो।

Author:



क्याटोगरी छान्‍नुहोस