पर्सामा दुई न्यायाधीशसहित ८८ जनामा कोरोना संक्रमण पुष्टि

वीरगन्ज । वीरगन्जस्थित उच्च अदालत अस्थायी इजलाशका दुईजना न्यायाधीश र १३ जना कर्मचारी गरी १५ जनामा कोरोना संक्रमण देखिएको छ। वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा बुधबार राति गरिएको परीक्षणमा संक्रमण पुष्टि भएका ८८ जनामध्ये उच्च अदालत अस्थायी इजलाश वीरगन्जका दुई न्यायाधीश र १३ जना कर्मचारी गरी १५ जनामा कोरोना संक्रमण देखिएको हो ।

उच्च अदालत अस्थायी इजलाश वीरगन्जका १०६ जनाको स्वाब संकलन गरिएको थियो । त्यसमध्ये ८० जनाको स्वाब , बुधबार राति नारायणी अस्पतालको प्रयोगशालामा पीसीआर परीक्षण गर्दा दुई न्यायाधीशसहित १५ जनामा संक्रमण भेटिएको हो ।

१०६ मध्ये २६ जनाको स्वाब परीक्षणको रिपोर्ट भने आउन बाँकी रहेको स्वास्थ्य कार्यालय पर्साका स्वास्थ्य निरीक्षक जयमोद ठाकुरले जानकारी दिए । नारायणी अस्पतालको प्रयोगशालामा बुधबार राति कुल १ सय ९२ जनाको स्वाब नमूनाको पीसीआर परीक्षण गर्दा ८८ जनामा कोरोना भाइरस संक्रमण भेटिएको हो ।

तीमध्ये पर्साका ७९ जना रहेका छन् । पर्साका ७९ जनामध्ये ७६ जना वीरगन्ज महानगरपालिकाका छन् । बाँकी ३ जना पर्साको बहुदारमाई नगरपालिकाका हुन् । यस्तै बारा जिल्लाका ७, रौतहट र रुकुम जिल्लाका १/१ जनामा पनि सङ्क्रमण पुष्टि भएको नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दासले जानकरी दिए ।

Author:



क्याटोगरी छान्‍नुहोस