गाउँपालिका अध्यक्ष यादव महिलासँग निर्वस्त्र भेटिएपछि…

इटहरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष महेन्द्र प्रसाद यादव एक होटलमा महिलासँग निर्वस्त्र अवस्थामा पक्राउ परेका छन् । उनलाई धरान–१३ स्थित डुकु होटलबाट एक महिलासँग निर्वस्त्र अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी कमल थापाले बताए ।

अध्यक्षको सरकारी गाडी दिउँसो होटल पुगेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । स्थानीयहरुका अनुसार इनरुवाकै एक महिलालाई जागिर लगाइ दिने प्रलोभनमा पारेर होटलमा बोलाएको थियो । सोबारे थप अनुसन्धान भइरहेको एसपी थापाले बताए ।

उता, गाउँपालिकाका सूचना अधिकारी सन्देश तिम्सिनाले घटनाबारे आफुहरुलाई जानकारी नभएको बताए । ‘मैले पनि मिडियाहरुमा आएको समाचार देखे तर अध्यक्ष ज्यूसँग मेरो सम्पर्क भएको छैन्’, उनले मधेशलाइभलाई भने ।

Author:



क्याटोगरी छान्‍नुहोस