कस्तो रहला आजको मौसम ?

जनकपुरधाम । नेपालमा स्थानीय र पश्चिमी वायुको प्रभावले पहाडी भु–भागहरुमा आंशिक बदली रहनेछ । अन्य भु–भागमा सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो र राति सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश तथा गण्डकी प्रदेशका भू–भागमा आंशिकदेखि सामान्य बदली र अन्य पहाडी भू–भागहरुमा आंशिक बदली रहनेछ ।

सुदूरपश्चिम प्रदेश, कर्णाली तथा गण्डकी प्रदेशका पहाडी भू–भागहरुका थोरै स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग/हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस