विराटनगरमा ९७ सहित प्रदेशमा थपिए एक सय ६८ सङ्क्रमित

विराटनगर । विराटनगरमा ९७ सहित प्रदेश १ मा थप एक ६८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार छ सय दुई जनाको पीसीआर परीक्षण गर्दा ७२ महिला र ९६ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो ।

मन्त्रालयका अनुसार मोरङमा एक सय आठ, सुनसरीमा २८, झापामा १७, धनकुटामा दुई, तेह्रथुम र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका ११ जनामा सङ्क्रमण देखिएको छ ।

विराटनगरमा सङ्क्रमण पुष्टि भएका ९७ मध्ये ४६ महिला र ५१ पुरुष छन् । मोरङको बूढीगङ्गा, उर्लाबारी, कटहरीमा २–२, सुन्दरहरैँचा, पथरीशनिश्चरे र रङ्गेलीमा १–१ र स्थानीय तह नखुलेका २ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

सुनसरीको धरानमा १६, इटहरीमा ७, बराहक्षेत्र, दुहवी, गढी, भोक्राहा नरसिंह र कोसी गाउँपालिकामा १–१, झापाको भद्रपुर र विर्तामोडमा ४–४, कनकाईमा ३, दमकमा २, अर्जुनधारा, मेचीनगर, झापा गाउँपालिका र स्थानीय तह नखुलेका १–१, धनकुटाको धनकुटा नगरपालिकामा २, तेह्रथुमको लालीगुराँसमा १, उदयपुरको त्रियुगामा १ र प्रदेश १ बाहिरका ११ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ३१ हजार ७० पुगेको छ । सङ्क्रमितमध्ये २९ हजार ९३२ जना सङ्क्रमणमुक्त भएका छन् । सक्रिय सङ्क्रमित छ सय ६६ जना छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस