कोरोनाको त्रासः छिन्नमस्ता शक्तिपीठमा दर्शन तथा पुजापाठमा रोक

राजविराज । कोरोना संक्रमणको त्रास बढेपछि सप्तरीको छिन्नमस्ता गाउँपालिकास्थित छिन्नमस्ता शक्तिपीठमा दर्शन तथा पुजापाठमा रोक लगाइएको छ ।

मन्दिर समितिले सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि शक्तिपीठमा दर्शन तथा पुजापाठमा रोक लगाएको हो ।

संक्रमण रोकथाम गर्न सरकारले गरेको निर्णयअनुसार तत्काललाई मन्दिरमा दर्शन तथा पुजापाठमा रोक लगाएको शक्तिपीठका पठाधीश महाकान्त ठाकुरले मधेश लाईभलाई जानकारी दिए । उनले संक्रमणबाट बच्न स्वास्थ्य मापदण्ड अपनाउन सवैमा आग्रह गरे ।

Author:



क्याटोगरी छान्‍नुहोस