२४ घण्टामा २ हजार ३६५ जनामा कोरोना संक्रमण पुष्टि

जनकपुरधाम, ९ वैशाख । नेपालभरमा थप २ हजार ३६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विहिवार अद्यावधिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा २ हजार ३६५ जनामा संक्रमण पुष्टि भएको हो ।

यससहित नेपालमा संक्रमितको संख्या २ लाख ९२ हजार १५२ पुगेको छ । यसैगरी पछिल्लो २४ घण्टामा २५२ जना डिस्चार्ज भएका छन् । योसहित नेपालमा अहिलेसम्म २ लाख ७६ हजार ३४५ जना डिस्चार्ज भएका छन् । हाल नेपालमा १२ हजार ६९० जना सक्रिय संक्रमित छन् ।

यसैगरी २४ घण्टामा थप ५ जनाको मृत्यु भएको छ । यससहित कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ११७ पुगेको मन्त्रालयले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस