प्रदेश २ : हावाहुरी र चट्याङले दुईको मृत्यु, एक बालक घाइते

जनकपुरधाम । प्रदेश २ मा हावाहुरी र चट्याङले दुईजनाको मृत्यु भएको छ भने एक बालक घाइते भएका छन् ।

बिहीबार बिहान हावाहुरीले धनुषाको मिथिला नगरपालिका ६ ढल्केवरमा इँटाको पर्खाल भत्किँदा किचिएर एक महिलाको मृत्यु भएको हो ।

मृत्यू हुनेमा स्थानीय ६० वर्षीया दौलतिया देवी दास रहेकी छन् ।

पर्खाल भत्किँदा च्यापिएर घाइते भएकी दासको उपचारको क्रममा जनकपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

पर्खाल भत्किँदा मृतक महिलाकी नाति १२ बर्षिय अनुराग दासलाई पनि चोट लागेको छ । घाइते अनुरागको उपचार भइरहेको आफन्तले जनाएका छन् ।

प्रहरीका अनुसार मृतक महिला खाजाघर सञ्चाल गर्दै आएकी थिइन् । उनी नाति अनुरागलाई लिएर खाजाघरमै सुतिरहेका बेला स्थानीय शैलेन्द्र साहले निर्माण गरिरहेको घरको दोस्रो तल्लाको पर्खाल खसेको थियो ।

यस्तै हावाहुरीसँगै चट्याङ परेर रौतहटको गुजरा नगरपालिका ८ मा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गुजरा नगरपालिका ७ का रामलखन महरा छन् ।

विहेमा सहभागी हुन महरा आफ्न्तको घर पुगेका थिए । शौच गर्न घरबाट बाहिर निस्केकै बेला चट्याङ लागेर उनको मृत्यु भएको रौतहट प्रहरीले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस