आफ्नै बुवाको हत्या गरेको आरोपमा छोरा पक्राउ

सुनसरी । सुनसरी बराहक्षेत्र–९ मा आफ्नै बुवाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । पक्राउ पर्नेमा १७ बर्षीय उमेश पौडेल छन् ।

उनले गत मंगलवार (वैशाख ७ गते) घरायसी विवाद हुँदा तपेशले हानेर ३८ वर्षीय उपेन्द्र पोडेललाई घाइते बनाएका थिए ।

उपचारको क्रममा उनको आज विहान नोबेल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । छोरा उमेशलाई पक्राउ गरी अनुसन्धान भइरहेको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस