प्रशासन कार्यालय सप्तरीः कसले कुन बार सेवा पाउने ?

राजविराज, १० वैशाख । जिल्ला प्रशासन कार्यालय सप्तरीले कोभिड–१९ को संक्रमण फैलिने जोखिमलाई न्यून गर्न थप सतर्कतासहितका मापदण्ड कार्यान्वयमा ल्याएको छ । सेवाग्राहीको अत्याधिक भिडभाड हुन थालेपछि कार्यालयले शुक्रवार सूचना जारी गर्दै थप सतर्कतासहितको मापदण्ड कार्यान्वयमा ल्याएको हो ।

सो मापदण्ड आगामी आइतवार (वैशाख १२ गते)बाट लागु हुने जिल्ला प्रशासन कार्यालयको सूचनामा छ । सूचनाअनुसार आईतवार शम्भुनाथ, सुरुङ्गा र डाक्नेश्वरी नगरपालिका, सोमवार रुपनी र तिरहुत गाउँपालिका तथा खडक नगरपालिका, मंगलवार हनुमाननगर कंकालिनी नगरपालिका र महादेवा गाउँपालिकाको कार्य सम्पादन हुनेछ ।

यसैगरी बुधवार तिलाठी कोइलाडी र छिन्नमस्ता गाउँपालिका, विहिवार राजविराज नगरपालिका र राजगढ गाउँपालिका तथा शुक्रवार अग्निसाईर कृष्णासवरण गाउँपालिकाको कार्य सम्पादन हुने सूचनामा उल्लेख छ ।

कार्यालयमा सेवा लिन आउँदा मास्कको प्रयोग अनिवार्य गरिएको छ भने २ मिटरको सामाजिक दुरी कायम गरी स्वास्थ्य सम्बन्धी प्रोटोकल पालना गर्न भनिएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस