सप्तरीबाट हलेसीका लागि हिडेको बस दुर्घटना हुँदा एकको मृत्यु, २३ जना घाइते

राजविराज, ११ वैशाख । सप्तरीबाट हलेसी दर्शनका लागि हिडेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् । कञ्चनरुप नगरपालिकाबाट दर्शनार्थी बोकेको बा३ख ९२८५ नम्बरको बस हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको कदुवास्थित राँगाकाटेभिरमा शनिबार बिहान दुर्घटनामा परेको हो ।

दुर्घटनामा सिन्धुपाल्चोकका १९ वर्षीय सहचालक अनिल तामाङ भएको प्रहरीले बताएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा रहेको हलेसी दर्शन गरेर फर्कनेक्रममा सडकको घुम्ती पुग्न लाग्दा पल्टिएर करिब २० मिटर तल सडकमै अड्किएको थियो ।

दुर्घटनामा कञ्चनरुप नगरपालिका–१२ का ३८ वर्षीय रमा नेपाल, १४ वर्षीय निश्चल नेपाल, कोपिला नेपाल, ७५ वर्षीय सिता नेपाल, ४१ वर्षीय प्रमिला सुरखेती, सन्तलक्ष्मी बस्तिहर, ४२ वर्षीय होम श्रेष्ठ, १५ वर्षीय रमा श्रेष्ठ घाइते भएका छन् ।

यसैगरी बसका चालक ४२ वर्षीय रबिन्द्र ठकुरी, १५ वर्षीय प्रजिता नेपाल, ३५ वर्षीय गीता श्रेष्ठ, ४० वर्षीय विमला पोखरेल, ३८ वर्षीय उर्मिला श्रेष्ठ, ६० वर्षीय लिला श्रेष्ठ, ५५ वर्षीय सुद्धीदेवी महतो, १८ वर्षीय सरिता श्रेष्ठ, ४० वर्षीय भिमा विश्वकर्मा, ६० वर्षीय कुलमान विश्वकर्मा, ३२ वर्षीय दिनेश गहतराज, ४१ वर्षीय प्रमिला श्रेष्ठ, ५० वर्षीय टेक श्रेष्ठ र ४५ वर्षीय उर्मिला श्रेष्ठ घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये ९ जना गम्भीर घाइते छन् । घाइतेलाई स्थानीय, प्रहरीचौकी च्यास्मीटार र इलाका प्रहरी कार्यालय हलेसीका टोलीले उद्धार गरेर उपचारका लागि उदयपुरको कटारी पठाइएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले जानकारी दिए ।

Author:



क्याटोगरी छान्‍नुहोस