फोहोरले दुर्गन्धित बन्दै गजेन्द्रनारायण सिंह अस्पताल

राजविराज, ११ वैशाख । सप्तरीको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा फोहोर व्यवस्थापनमा लापरबाही भइरहेको पाइएको छ । जसका कारणले अस्पताल परिसर दुर्गन्धित बन्दै गएको छ ।

अस्पतालबाट निस्कने फोहोर खुल्ला रुपमा (इर्मेजेन्सी वार्डको छेउमा) फ्याक्ने गरिएको छ । कतियौं दिनदेखि फालिएको फोहोर उठाउनेतर्फ अस्पताल प्रशासनको ध्यान नपुगेको सेवाग्राहीहरु बताउँछन् । ‘अस्पतालबाट निस्कने सुइ, शिशा, रगतजन्य बस्तुहरु, औषधीका पत्ता, प्लास्टिकका सामग्री लगायतका सामग्री एकै ठाउँमा थुपारिएका छन्’ रोहन सिंहले भने–‘तीमध्ये केही सामग्रीहरु गलेर दुर्गन्धित हुन थालेको छ तर अस्पताल प्रशासनको भने अझै ध्यान पुगेको छैन् ।’

अस्पताल प्रशासनको लापरवाहीले उपचार सेवा लिन आउने विरामीहरुमा झन विरामी नै हुने चिन्ता थपिएको उनले बताए । ‘यहाँको अवस्था हेर्दा केही वर्षअघिसम्म रेफरल सेन्टरको नामले परिचित यो अस्पताल पुनः त्यसैतर्फ उन्नमुख भएको देखिन्छ’ उनले भने–‘त्यसो हुनबाट जोगाउन अस्पताल प्रशासनका साथै यहाँका राजनीतिक दल, नागरिक अगुवा, वुद्धिजीवी लगायत सरोकारहरुलाई चासो लिन म आग्रह गर्छु ।’

अर्का सेवाग्राही आनन्द कुमार यादवले कोरोना महामारीको बेला पनि अस्पतालले सरसफाईमा ध्यान नदिनु दुःखद रहेको बताए । ‘कोरोना महामारीलाई नियन्त्रण गर्न सरसफाईतर्फ पनि ध्यान दिनु उत्तिनै आवश्यक छ’ उनले भने–‘तर अस्पताल प्रशासनले नै यस्ता कुरामा वेवास्ता गरेको देख्दा दुःख लागेको छ ।’

उता, अस्पतालका निमित्त मेसु डा.रञ्जितकुमार झाले अस्पतालसँग ट्याक्टर नभएको कारणले फोहोर थुपारिनु परेको मधेशलाइभलाई प्रतिक्रिया दिए । ‘हामीसँग ट्याक्टर छैन्, त्यसैले पनि फोहोर उठाउन सकिएन’ उनले भने–‘दोस्रो कुरा फोहोर फाल्ने ठाउँमा नयाँ संरचना बन्दै गरेकोले पनि अलिक फोहोर व्यवस्थापन गर्न समस्या भएको हो ।’ यद्यपी, भोलीसम्म फोहोरा व्यवस्थापन भइसक्ने उनले बताए ।

यो पनि:

गजेन्द्रनारायण सिंह अस्पतालः मेसुबाटै चिकित्सक असुरक्षित, न्याय गुहार्दै प्रहरीमा जाहिरी !

Author:



क्याटोगरी छान्‍नुहोस