कस्तो रहनेछन् तीन दिनको मौसम ?

जनकपुरधाम । हाल नेपालमा स्थानीय वायुको प्रभाव रहको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली र बाँकी भू–भागहरुमा मौसम सामान्यतया सफा रहेको छ ।

सोमबार (वैशाख १३ गते) देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।

मंगलबार (वैशाख १४ गते) देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । देशका पहाडी भूभागका एक दुई स्थानमा अपरान्हपछि मेघगर्जन/चट्याङ/हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना छ ।

बुधबार (वैशाख १५ गते) प्रदेश नं १, प्रदेश नं २ लगायतका देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भूभागका थोरै स्थानमा अपरान्हपछि मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित क्षणिक बर्षाको सम्भावना रहेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस