थप ३ हजार ४४२ जनामा कोरोना संक्रमण पुष्टि, १२ को मृत्यु

जनकपुरधाम । नेपालमा सोमबार थप ३ हजार ४४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप ३ हजार ४४२ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा संक्रमितको संख्या ३ लाख ३ हजार ५६१ पुगेको छ । यसैगरी पछिल्लो २४ घण्टामा ३७८ डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख ७७ हजार ९५१ जना पुगेको छ । हाल २२ हजार ४३४ जना सक्रिय संक्रमित छन् ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसको संक्रमणबाट नेपालमा ३ हजार १७६ जनाको मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस