परीक्षा पूर्व नै प्रश्नपत्र ‘आउट’, सप्तरीका दुईसहित १० जना पक्राउ

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँ मोरङमा हुन लागेको ईन्जिनियरिङ संकायतर्फको बीई दोस्रो सेमेस्टरको प्रश्नपत्र आउट भएको छ । फिजिक्स विषयको मूल प्रश्नपत्र परीक्षा पूर्व नै आउट भएको हो ।

प्रश्नपत्र आउट भएको सूचना प्राप्त भएसँगै जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले प्रश्नपत्र आउट गराएको आरोपमा सप्तरीका दुईसहित १० जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरी बोदेबरसाईन नगरपालिका–७ का २९ वर्षीय जीवन कुमार यादव र अग्नीसाइर कृष्णसवरण गाउँपालिका–५ घर भई भक्तपुर लोकन्थली बस्ने २६ वर्षीय महेश यादव छन् ।

यसैगरी विराटनगर महानगरपालिका–८ का ४४ वर्षीय कोमल प्रसाद गौतम, संखुवासभाको मादी नगरपालिका–६ का ३५ वर्षीय गोपाल कार्की, रूपन्देहीको तिलोचन नगरपालिका–१२ का ३० वर्षीय विजय पोखरेल, गोरखाको भिमसेन थापा गाउँपालिका–१ का ३२ वर्षीय मिन प्रसाद भट्टलाई पक्राउ गरिएको छ ।

यसैगरी गोरखाको गण्डागी गाउँपालिका–३ का ३१ वर्षीय भरत पठन, गोरखाकै गोरखा नगरपालिका–४ का २६ वर्षीय विकास खड्का, सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–४ का २८ वर्षीय निर्मल खड्का र महोत्तरी रामगोपालपुर नगरपालिका–९ का २९ वर्षीय नानिपथ मण्डललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

अनुसन्धानकै क्रममा सो विश्वविद्यालयका फोटोकपी गर्ने कर्मचारीले सामाजिक संजाल प्रयोग गरी प्रश्नपत्र बाहिर ल्याएको खुलेपछि उनीहरुलाई पक्राउ गरिएको छ । उनीहरूमाथि शिक्षा ऐन, २०२८ बमोजिम थप अनुसन्धान भईरहेको एक नम्वर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस