सडक दुर्घटनामा परेर एकको मृत्यु, १२ जना घाइते

विराटनगर । उदयपुरको उदयपुरगढी गाउँपालिका–७ मा आज बिहान भएको सडक दुर्घटना हुँदा एक जनाको मृत्यु छ भने १२ जना घाइते भएका छन् ।

उदयपुरगढीबाट गाईघाटतर्फ जाँदै गरेको स १ च ९३९ नम्बरको बलेरो आफैं अनियन्त्रीत भएर दुर्घटना भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उदयपुरगढी गाउँपालिका–१ का ३७ बर्षीय शिव खत्रीको उपचारको लागि जिल्ला अस्पताल गाईघाट पठाउने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

अन्य १२ जना घाइतेलाई जिल्ला अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारको लागी विराटनगर पठाइएको प्रहरीले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस