नेपालमा ४३ हजार नाघे सक्रिय कोरोना संक्रमित

जनकपुरधाम । नेपालमा पछिल्लो १४ घण्टामा थप ५ हजार ७६३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिवार अद्यावधिक गरेको तथ्यांकअनुसार १४ हजार ९६९ जनाको नमुना परीक्षण गर्दा ५ हजार ७६३ जनामा संक्रमण पुष्टि भएको हो ।

यससहित नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख २८ हजार ८९३ पुगेको छ । सोही अवधिमा १ हजार २८७ जना निको भएका छन् । यससहित नेपालमा निको हुनेको संख्या २ लाख ८२ हजार ३८२ पुगेको छ ।

हाल नेपालमा ४३ हजार २१३ जना सक्रिय संक्रमित छन् । यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १९ जनाले ज्यान गुमाएका छन् । यससहित संक्रमणबाट ज्यान गुमाउनेहरुको संख्या ३ हजार २९८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस