सप्तरीमा मास्क नलगाउने ८ सय ५० जनालाई कारवाही

राजविराज, १८ वैशाख । सप्तरी प्रहरीले मास्क विना सार्वजनिक स्थलमा देखिएका ८ सयभन्दा बढी व्यक्तिलाई कारबाही गरेको छ ।

कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रण गर्न प्रहरीले आइतवारदेखि मास्क प्रयोग नगरी सार्वजनिक स्थलमा देखिएका व्यक्तिलाई संक्रामक रोग ऐन, २०२० अनुसार कारबाही गर्न थालेको हो । शनिबारसम्म ८५० जना कारबाहीमा परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।

सदरमुकाम राजविराजसहित जिल्लाका विभिन्न स्थानका सार्वजनिक स्थलहरुमा मास्क विना देखिएका व्यक्तिहरुलाई १ सय रुपैयाँ जरिवाना गरिएको जनाएको छ । जरिवानावापत शनिबारसम्म ८५ हजार रुपैयाँ राजश्व संकलन भएको प्रहरी नायव उपरीक्षक काफ्लेले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780