सप्तरीमा जोर–बिजोर प्रणाली लागु, आज बिजोर नम्बरका सवारी मात्र चल्ने

राजविराज, १९ वैशाख । बढ्दो कोभिड–१९ संक्रमणमा पनि हुने गरेको भीडभाडलाई कम गर्न सप्तरीमा आजबाट सवारी साधन सञ्चालनमा जोर–बिजोर प्रणाली लागु भएको छ ।

हिजो (शनिवार) प्रमुख जिल्ला अधिकारी (सिडिओ) फणिन्द्रमणी पोखरेलको अध्यक्षतामा बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले भएको निर्णय अनुसार जोर–विजोर प्रणाली लागु भएको हो ।

अत्यावश्यक सेवा बाहेकका बस, कार, जिप, माइक्रो, म्याजिक, अटो, मोटरसाइकलसहित सबै सवारी साधनमा जोर–विजोर प्रणाली लागु भएको छ भने निर्णयअनुसार आज विजोड नम्बरका सवारी साधन चल्ने जिल्ला प्रहरी कार्यालयका एसपी राजेन्द्र प्रसाद धमलाले मधेशलाइभलाई जानकारी दिए ।

उनका अनुसार बिजोर गतेमा विजोड नम्बर र जोर गतेमा जोर नम्बरका सवारी साधन चल्नेछ ।

Author:



क्याटोगरी छान्‍नुहोस