वीरगञ्जमा थप ६ जना कोरोना सँक्रमितको मृत्यु

जनकपुरधाम । नारायणी अस्पतालमा उपचाररत ६ जना काेभिड संक्रमितको मृत्यु भएको छ । बुधबार रातीदेखी बिहीबार सम्म काेभिडको संक्रमणबाट वीरगन्जमा थप ६ जनाको मृत्यु भएको  हो ।

जिल्ला प्रशासन कार्यालय पर्साका काेभिड फोकल पर्सन बिनय श्रीवास्तवका अनुसार मृत्यु हुनेमा पर्साका २ र रौतहटका ४ जना रहेको छ ।

बिहीबार बिहान ११ बजेर ३५ मिनेटमा पर्साको जगरनाथपुर गाउँपालिका वडा नं.८ का ५५ वर्षका पुरुषको मृत्यु भएको श्रीवास्तवले बताए । उनी गत बैशाख १५ गते उपचारको लागि नारायणी अस्पतालमा भर्ना भएका थिए ।

यस्तै बिहीबार बिहान रौतहट फतेपुरका ६० वर्षकी महिलाको मृत्यु भएको छ । उनको बिहान ११ बजेर १० मिनेटमा नारायणी अस्पतालमा मृत्यु भएको श्रीवास्तवले बताए । बुधबार राति ती महिला उपचारको लागि अस्पतालमा भर्ना भएकोमा एन्टिजेन परिक्षण गर्दा उनमा कोरोना पुष्टि भएको थियो ।

यस्तै रौतहट बिजयपुरका ४५ वर्षका पुरुषको कोरोना सँक्रमणका कारण मृत्यु भएको श्रीवास्तवले बताए । सँक्रमित पुरुषको उपचारको क्रममा नारायणी अस्पतालमा बिहीबार बिहान ८ बजे मृत्यु भएको हो । उनी बिहीबार बिहान उपचारको लागि अस्पतालमा भर्ना भएका थिए । एन्टिजेन परिक्षण गर्दा उनमा कोरोना पुष्टि भएको थियो ।

यस्तै अस्पतालमा भर्ना भएका रौतहटको गौर नगरपालिका २ का ५४ वर्षका पुरुषको कोरोना सँक्रमणका कारण बिहीबार बिहान ५ बजेर ५ मिनेटमा ज्यान गएको छ । गत बैशाख २१ भर्ना भएका उनमा एन्टिजेन परिक्षण गर्दा कोरोना पुष्टि भएको थियो ।

यस्तै बुधबार राति ११ बजेर ३५ मिनेटमा वीरगञ्ज महानगरपालिका वडा नम्बर ४ का ७० वर्षका कोरोना सँक्रमित वृद्धको मृत्यु भएको छ ।

सँक्रमित भएपछि गत बैशाख १९ गते उनी अस्पतालमा उपचारको लागि भर्ना भएका थिए । यसैगरि बुधबार राति नै ७ बजे रौतहटको गरुडा नगरपालिका वडा नम्बर ३ का ४७ वर्ष पुरुषको पनि उपचारको क्रममा मृत्यु भएको छ । गत बैशाख २० गते उनी उपचारको लागि नारायणी अस्पतालमा भर्ना भएका थिए ।

 

Author:



क्याटोगरी छान्‍नुहोस