उदयपुरमा शुक्रबार रातिबाट निषेधाज्ञा

उदयपुर । कोरोना संक्रमण तीव्र रुपमा बढदै गएपछि उदयपुर प्रशासनले वैशाख २४ गते राति १२ बजेबाट जिल्लाभरमा निषेधाज्ञा लगाउने निर्णय गरेको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)को बिहीबारको बैठकले थपिएको निषेधाज्ञा झन् कडा पार्दै लैजाने निर्णय गरेको हो ।

उदयपुरका प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाइका अनुसार संक्रमण समुदायमै फैलिएपछि २४ गते शुक्रबार राति १२ बजेदेखि ३१ गते राति ८ बजेसम्म सबै प्रकारका सवारी साधनलाई पूर्णरुपले रोक लगाउने निर्णय गरिएको जानकारी दिएका छन् ।

यसअघि सर्वसाधरणको समस्यालाई मध्यनजर गर्दै दुई पांग्रे सवारीसाधन मोटरसाइकलमा एक जनासम्म सवारी गर्न पाउने भनिएको थियो । तर आजको बैठकले त्यो सँगै सबै सवारीसाधनमा रोक लगाउने निर्णय गरेको छ । त्यसैगरी अत्यावश्यक कामबाहेक सर्वसाधणलाई जिल्ला बाहिर आउजाउमा समेत रोक लगाइएको प्रमुख जिल्ला अधिकारी सेढाइले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस