सप्तरीमा विहिबार पनि १२ महिलासहित ३७ जनामा कोरोना पुष्टि, कुन ठाउँका कति ?

राजविराज, २३ वैशाख । सप्तरीमा आज (विहिबार) १२ महिलासहित थप ३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । गजेन्द्रनारायण सिंह अस्पतालको प्रयोगशालामा ६१ जनाको पिसिआर परिक्षण गर्दा ३८ जनाको रिपोर्ट पोजेटिभ आएको हो । जसमध्ये एक जना सिरहाको भगवानपुर–२ का ५० वर्षीय पुरुष छन् ।

संक्रमित देखिएका अन्य ३७ जना सप्तरीका रहेको अस्पतालका सूचना अधिकारी सुर्यकान्त झाले जानकारी दिए । जसमध्ये राजविराज नगरपालिकाकै ७ महिला १९ जना छन् । वडा नम्वर–२ का २४ वर्षीय पुरुष र ४४ वर्षीया महिला, ३ की २५ वर्षीया महिला, ४ का २९ वर्षीय पुरुष, ६ का ४७, ५१ र ५५ वर्षीय पुरुष तथा ७२ वर्षीया महिलामा संक्रमण पुष्टि भएको हो ।

यसैगरी वडा नम्वर ७ का ५९ वर्षीय पुरुष र ४० वर्षीया महिला, ८ का २५ र २६ वर्षीय पुरुष, ९ का १७ वर्षीय पुरुष र ४० वर्षीया महिला, १० की ४६ वर्षीया महिला, १२ का २४ र २९ वर्षीय पुरुष, १३ की ६० वर्षीया महिला र १६ का ३५ वर्षीय पुरुषमा संक्रमण देखिएको अस्पतालका सूचना अधिकारी झाले बताए ।

यसैगरी सुरुङ्गा नगरपालिका–१ का ४० र ४८ वर्षीय पुरुष तथा ५० वर्षीया महिला, बोदे बरसाइन नगरपालिका–३ का ३६ वर्षीय पुरुष, खडक नगरपालिका–३ की ३० वर्षीया महिला, शम्भुनाथ नगरपालिका–८ का २९ वषीय पुरुष, छिन्नमस्ता गाउँपालिका–५ का २३ र ४९ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ ।

हनुमाननगर कंकालिनी नगरपालिका–३ का ६३.वर्षीय पुरुष, ४ की २९ वर्षीया महिला, राजगढ (बेल्ही चपेना) गाउँपालिका–५ का ५५ वर्षीय पुरुष, ६ की २२ वर्षीया महिला, ८ का ६० वर्षीय पुरुष, महादेव गाउँपालिका–५ का २७ वर्षीय पुरुष, तिलाठी कोइलाडी गाउँपालिका–४ का ३५ र ५२ वर्षीय पुरुष, विष्णुपुर गाउँपालिका–७ का ४६ वर्षीय पुरुष र रुपनी गाउँपालिका–१ की ५५ वर्षीया महिला संक्रमण देखिएको सूचना अधिकारी झाले बताए । योसँगै सक्रिय संक्रमितको संख्या २६४ पुगेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस