सप्तरीमा अढाइ सय नाघ्यो सक्रिय संक्रमित, १७ जना अस्पताल भर्ना

राजविराज, २३ वैशाख । सप्तरीमा आजसम्म सक्रिय संक्रमितको संख्या अढाइ सय नाघेको छ । पछिल्लो पटक बिहिवार मात्रै ३७ जना कोरोना संक्रमण पुष्टि भएसँगै सक्रिय संक्रमितको संख्या अढाइ सय नाघेको हो ।

स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवका अनुसार आजसम्म सक्रिय संक्रमित २६४ जना पुगेका छन् । संक्रमितमध्ये २४५ जना होम आइसोलेसनमा छन् भने १७ जना गजेन्द्र नारायण सिंह अस्पतालमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस