संगीतकार एवं गायक प्रेमध्वज प्रधानको निधन

जनकपुरधाम । वरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको निधन भएको छ । सुन्धारास्थित काठमाडौं न्यूरो तथा जनरल हस्पिटलमा ८५ वर्षको उमेरमा गायक प्रधानको मृत्यु भएको हो ।

१२ दिनदेखि सोही अस्पतालमा उपचाररत उनको केहीबेरअघि निधन भएको भजित मन्जुकुमार प्रधानले बताए । प्रधानका दुई छोराहरु अमेरिकामा छन् ।

प्रधानको घुम्तिमा नआउँ है, पर लैजाउँ फूलहरु, गोरेटो त्यो गाउँको, नमान लाज यसरि लगायत दर्जनौं गीतहरू चर्चामा छन् । उनको निधनपछि कलाकार, गायक÷गायिका लगायतको समवेदना प्रकट गरेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस