सप्तरीमा ट्रकले ठक्कर दिँदा एक दम्पतीको घटनास्थलमै मृत्यु

राजविराज, २८ वैशाख । सप्तरीमा आज विहान मालबाहक ट्रकको ठक्करबाट एक दम्पतीको घटनास्थलमै मृत्यु भएको छ ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत पोर्ताहमा दुर्घटना भएको हो । दुर्घटनामा हनुमाननगर कंकालिनी नगरपालिका–१ भलुवाका ५० वर्षीय सत्यनारायण मण्डल र ४५ वर्षीया उनकी पत्नी सुनिता देवीको मृत्यु भएको छ ।

आवश्यक कामले साइकलमा सवार भएर घर नजिकै रहेको बरमझिया बजार जाने क्रममा विपरित दिशाबाट आएको ना ६ ख ३८६१ नम्बरको मालबाहक ट्रकले उनीहरुलाई ठक्कर दिएको ईलाका प्रहरी कार्यालय भारदहले जनाएको छ ।

मृतकको शव हाल भारदह अस्पतालमा राखिएको छ भने पोष्टमार्टमकालागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याउने तयारी भइरहेको छ ।

उता, ठक्कर दिने ट्रक राजमार्गबाट करिब ५० मिटर तल खेतमा पुगेको छ । चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

तस्बिरः स्थानीय सञ्चारकर्मी गंगा साहबाट ।

Author:



क्याटोगरी छान्‍नुहोस