फेसबुकमा मदर्स डे

आज मंगलबार २८ गतेको दिन मदर्स डे । यो दुनिया, यो संसारमा कसैले कसैलाई सबै भन्दा बढी माया गर्छिन भने ती हुन् आमा । जसले आफ्नो सन्तानको लागि आफ्नो ज्यानको समेत ख्याल गर्दैन ती हुन् आमा ।

आफ्नो प्राण दिनु परे दिन्छ, तर सन्तानलाई जीवनदान दिन्छ ती हुन आमा । आफु भोकै बसेर भए पनि आफ्नो सन्तानको पालन पोषण गर्छिन ती हुन् आमा । आफ्नो शरीरको ख्यालै नगरी सन्तानको शरीर भर्ने काम गर्छिन ती हुन् आमा । सृष्टिकी बर्दान हुन् आमा । सृजनाकी मुल हुन् आमा । निस्वार्थकी देवी, करुणाकी खानी हुन् आमा । आमाको बारेमा जति नै गुणगान गरेपनि कमै हुन्छ ।

समाजिक संजालहरुमा जताततै आमाको मुख हेर्ने दिनको शुभकामाना लेखेर पोष्ट गर्नेको कमी छैन । साथमा आइ लभ यु आमा, त आइ मिस यु आमा पनि । तर एउटा कुरा याद राखौ माया, प्रेम बताएर होइन्, जताएर पनि होइन्, व्यवहारले देखिन्छ । हृदयले अभास गरिन्छ । माया, प्रेम, आदर, सत्कार भित्री आत्मा देखि गरिन्छ । फेसबुक वा ट्विटरमा लेखेर होइन् ।

एउटी आमाले अरुको जुठो बर्तन माझेर भएपनि आफ्नो चार, पाँचवटा भन्दा नि बढी सन्तानको पालनपोषण गर्छिन् । तर त्यही सन्तानले एउटी श्रीमती पाएपछि, एउटी आमाको पालनपोषण गर्न सक्दैन । बिडम्बनाको कुरो छ । न भए किन आज पनि हजारौं आमा बृद्वाश्रममा बस्नु परेको छ ? किन आफ्नो सन्तानको माया पाउनबाट बञ्चित हुनु परेको छ ? त्यसैले फेसबुक वा ट्विटरमा लेखेर होइन् । तपाईको आमाप्रतिको व्यबहार देखेर मात्रै बुझ्न सकिन्छ, कि तपाईं आफ्नो आमालाई कति माया गर्नु हुन्छ ।

त्यसैले आमाप्रतिको माया बोलीले होइन् व्यवहारमा लागू गरौं । जसरी फेसबुकमा लेखेर पोष्ट गरि मदर्स डे छ्याप छ्यापी मनाउ छन्, त्यसरी नै जन्म दिने आमालाई सेवा गरे बृद्वाश्रमको जरुरी पर्दैन होला । बृद्वा अबस्थामा पुग्ने बितिकै अबहेल्ना हुने गरेको, गाली, बेजती सुन्ने गरेको धेरै नै यस्ता आमा छिन् । बृद्वाश्रमको अन्त्य गरौ, आमाको सेवा गरौं ।

Author:



क्याटोगरी छान्‍नुहोस