गाई काटेको अभियोगमा सिरहामा २ जना पक्राउ

सिरहा । गाई काटेको अभियोगमा प्रहरीले-२ जनालाई पक्राउ गरेको छ। लहान नगरपालिका-२ स्थित मिलन चौकमा गाई काटेको भन्दै स्थानीयवासीले दिएको उजूरीका आधारमा स्थानीय दुई जनालाई पक्राउ गरेको हो ।

अन्य व्यक्तिहरुको समेत संलग्नता भएकाले पक्राउ परेका दुवै जनाको नाम गोप्य राखिएको छ । मासु प्रयोजनका लागि गाई काटेको भन्दै स्थानीयवासीले प्रहरीमा उजूरी दिएपछि पक्राउ गरिएको प्रहरीले बतायो ।

घरमूली फरार भए पनि उहाँको पत्नी र सालोलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक डा तपनकुमार दाहालले जानकारी दिए । पक्राउ परेका दुवैमाथि अनुसन्धान सुरु गरिएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस