सप्तरीमा थप एक कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ५० पुग्यो

राजविराज, २८ वैशाख । सप्तरीमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ५० पुगेको छ ।

आज (मंगलबार) थप एक जना संक्रमितको उपचारकै क्रममा मृत्यु भएपछि मृत्यु हुनेको संख्या ५० पुगेको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिए ।

उनका अनुसार आज हनुमाननगर कंकालिनी नगरपालिका–१ भलुवाका ६१ पुरुषको मृत्यु भएको हो । संक्रमणपछि उपचारको लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएकोमा उनको उपचारकै क्रममा विहान १० बजेतिर मृत्यु भएको निमित्त प्रमुख यादवले बताए । मृतक मुटु सम्बन्धी रोगले पनि ग्रसित थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस