सप्तरीमा ४४ जना कोरोना संक्रमित थपिए, कहाँका कति ?

राजविराज, २८ वैशाख । सप्तरीमा आज (मंगलबार) ४४ कोरोना संक्रमित थपिएका छन् । गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा ७१ जनाको पिसिआर परीक्षण गर्दा ४४ जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवका अनुसार छिन्नमस्ता वडा नम्बर ६ की उमेर नखुलेको एक महिला, राजविराज वडा नम्बर १ का ५३ वर्षीय पुरुष, २ की ३४ र ३७ वर्षीया महिला तथा ३, २१, ३९ र ६८ वर्षीय पुरुष, ३ का ३३ वर्षीय पुरुष, ४ की ३२ र ५७ वर्षीया महिला र उमेर नखुलेको एक पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यसैगरी वडा नम्बर ५ की ३१ वर्षीया महिला, ६ की २९, २०, २०, ४० र ४४ वर्षीया महिला तथा १९, ३७, ४१ र ५३ वर्षीय पुरुष, ७ की उमेर नखुलेको एक महिला र उमेर नखुलेको तथा २२, ३७, ४८ र ५३ वर्षीय पुरुष, ८ का २६ र ३४ वर्षीय पुरुष तथा २८ वर्षीया महिला, १६ का ५६ वर्षीय पुरुषमा संक्रमण देखिएको हो ।

खडक–८ का ५२ वर्षीय पुरुष, ९ का ३७ वर्षीय पुरुष, विष्णुपुर–१ का ४२ वर्षीय पुरुष, तिरहुत–४ की ४२ वर्षीया महिला र १४ वर्षीय पुरुष, हनुमाननगर कंकालिनी–१४ का ४२ वर्षीय पुरुष, बोदे बरसाईन–४ का ७३ वर्षीय पुरुष, शम्भुनाथ–१२ का ६० वर्षीय पुरुष, राजगढ (वेल्ही चपेना)–४ का ४२ वर्षीय पुरुष, डाकनेश्वरी–९ का ६२ वर्षीय पुुरुष र अग्निसाइर कृष्णसवरण–२ का ४० वर्षीय पुरुषमा संक्रमण देखिएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख यादवले बताए ।

योसँगै सप्तरीमा संक्रमित हुनेको संख्या २४ सय ९ पुगेको छ । यसैगरी आज ५ जना संक्रमणमुक्त भएका छन् । योसँगै निको हुनेको संख्या १७ सय ९८ पुगेको जनाएको छ । सप्तरीमा हालसम्म कोरोनाबाट ५० जनाको ज्यान गइसकेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस