प्रदेश २ मा थप ५ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि

जनकपुरधाम । प्रदेश २ मा थप ५ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरधाम, गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल राजविराज, सिरहा पीसीआर ल्याब, बर्दिबास पीसीआर ल्याब, जलेश्वर अस्पताल र नारायणी अस्पताल वीरगन्जमा गरिएको परीक्षणमा १ सय ९४ महिला र ३ सय ९२ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य निर्देशनालय प्रदेश २ का वरिष्ठ चिकित्सक डा. कमलेश प्रसाद यादवका अनुसार मंगलबार धनुषामा सबैभन्दा बढी १ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यस्तै पर्सामा १ सय १४, महोत्तरीमा १००, बारामा ९०, रौतहटमा ५१, सप्तरीमा ४५, सर्लाहीमा ११, सिरहामा १ र अन्य प्रदेशका १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

प्रदेश २ मा सक्रिय संक्रमितको संख्या ६ हजार ७ सय ९० पुगेको छ भने कुल संक्रमितको संख्या २४ हजार २ सय ४१ पुगेको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा प्रदेशमा ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ६७ पुगेको छ।

त्यस्तै प्रदेशभरमा ५३ जना कोरोना संक्रमित निको भएका छन् । बारामा २३, धनुषामा २२ र सिरहामा ८ जना कोरोना संक्रमित निको भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

Author:



क्याटोगरी छान्‍नुहोस