प्रदेश सरकारले थप ५० हजार भिटिएम र रिएजेण्ट खरिद गर्ने

जनकपुरधाम, २८ वैशाख । प्रदेश २ सरकारले चार हजार अक्सिजन सिलिण्डर संघ सरकारसँग माग गर्ने निर्णय गरेको छ । बढ्दो कोभिड–१९ को संक्रमणको बेला प्रदेशका अस्पतालहरुमा अक्सिजन अभाव हुन थालेपछि पिसिसिएमसीको बैठकले सो निर्णय गरिएको हो ।

मुख्यमन्त्री लालबाबु राउतले आइतवार र सोमवार प्रदेशस्थित सबै अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट, अस्पताल रहेका पालिकाका प्रमुखहरु र प्रमुख जिल्ला अधिकारीहरुसँग गरेको भर्चुअल छलफलको आधारमा सोसहितका निर्णयहरु गरिएको मुख्यमन्त्रीको सञ्चार सचिवालयले जनाएको छ ।

यसैगरी संक्रमणलाई नियन्त्रण गर्नका लागि परीक्षणको दायरा बढाउन थप ५० हजार भिटिएम र रिएजेण्ट खरिद गर्ने र होम आइसोलेशनमा रहेका संक्रमितहरुको हेरचाहका लागि स्थानीय तहहरुसँग समन्वय गर्ने, जिल्ला स्वास्थ्यको समन्वयमा प्रत्येक अस्पतालमा हेल्थ डेस्क स्थापना गरिने लगायतका निर्णयहरु भएको सचिवालयले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस