देशको संकट हल गर्न डा.भट्टराईले अघि सारे शर्तसहितको प्रस्ताव

जनकपुरधाम, २९ वैशाख । वैकल्पिक सरकार गठन गर्न निर्णायक रहेको जनता समाजवादी पार्टी नेपाल (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले देशको संकट हल गर्न चार बुँदे शर्तसहितका प्रस्ताव अघि सारेका छन् ।

बुधवार उनले ट्वीट गर्दै सबै दलको सहभागीतामा वर्तमान र पूर्व प्रधानमन्त्री बाहेकका नेतृत्वमा राष्ट्रिय सरकार गठन हुनुपर्ने बताएका हुन् । उनले संविधानको धारा ७६ (२) बमोजिम सरकार गठन हुनुपर्ने बताए ।

यसैगरी, दलका प्रमुख र पूर्व प्रधानमन्त्री रहेको निर्देशन समिति गठन गर्नुपर्ने, कोभिड नियन्त्रण, द्वन्द्वकालीन मुद्दा, संविधान संशोधन, आर्थिक राहतलगायत लागू गर्नुपर्ने र एक वर्षभित्र चुनाव गर्नुपर्ने प्रस्ताव अघि सारेका हुन् ।

वैकल्पिक सरकार गठनको तयारीसँगै संसद्को निर्णायक खेलाडी जसपामा दुई धार देखिएको छ । उपेन्द्र यादव गठबन्धनमा सामेल भएर नयाँ सरकार बनाउने अभियानमा लागेका छन् भने महन्थ ठाकुर र राजेन्द्र महतो यसमा सहमत छैनन् ।

प्रधानमन्त्री केपी ओलीले विश्वासको मत नपाएपछि वैकल्पिक सरकार बनाउने उपेन्द्रको निर्णयलाई लाइन विपरीत रहेको भन्दै महन्थले अलग्गै विज्ञप्ति निकालेका थिए । सोमबार संसदमा प्रधानमन्त्रीले विश्वासको मत दिने क्रममा जसपा विभाजित भएको थियो ।

उपेन्द्र पक्षका १५ जनाले विपक्षमा मत हाले भने ठाकुर पक्षका १५ जना तटस्थ बसे र दुईजना अनुपस्थित रहे । त्रिशंकु संसद्को अंकगणितमा ३४ सिट भएको जसपा निर्णायक खेलाडीको भूमिकामा छ । उसले जसलाई समर्थन गर्यो उसकै सरकार बन्ने अवस्था छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780