नयाँ सरकार गठनको समयसीमा आज सकिँदै

जनकपुरधाम, ३० वैैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दिएको समयसीमा आज सकिँदैछ । संविधानको धारा ७६ (२) अनुसार तीन दिनभित्र सरकार गठनका लागि राष्ट्रपतिले समय दिएको थियो ।

अहिले विपक्षी दलहरु बहुमत जुटाउन प्रयासरत छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत कांग्रेस–माओवादी, जसपाका एक पक्षले नयाँ सरकार गठनको प्रयासमा छन् । तर बहुमत नपुग्दा समस्या देखिएको छ ।

‘काम चलाउ’ प्रधानमन्त्री ओली विपक्षी दललाई ‘बहुमत पुर्याउन नदिन अधिकतम प्रयास गरिरहेको आरोप विपक्षी दलहरुको छ । कांग्रेसलाई माओवादी केन्द्र, जनता समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादव, डा. बाबुराम भट्टराई समूहको समर्थन छ ।

जसपा अध्यक्ष महन्थ ठाकुर पक्षले ठाकुरले ‘नयाँ सरकार’ गठनमा सहभागी नहुने सार्वजनिक अभिव्यक्ति दिएपछि बहुमत जुटाउन समस्या परेको हो । ठाकुर पक्षले कांग्रेस नेतृत्वको सरकारलाई साथ नदिए पनि एमालेभित्रको माधव–झलनाथ समूहको साथ रहे कांग्रेस सभापति शेरबहादुर देउवा नयाँ प्रधानमन्त्री बन्ने पक्का छ ।

तर नेपाल समूहका सांसदहरुले राजीनामा दिनसक्ने चर्चा छ । धारा ७६ (२)अनुसार सरकार गठन नभएमा ठूलो दलको हैसियतले ओली नै प्रधानमन्त्री नियुक्त हुनेछ ।

Author:



क्याटोगरी छान्‍नुहोस